काठमाडौं, मंसिर ४ – दिल्ली सरकारले मास्क नलगाए भारु २ हजारसम्मको जरिवाना तिराउने निर्णय गरेको छ। बिहीबार मुख्यमन्त्री अरविन्द केजरीवालले मास्क नलगाउनेलाई २ हजारसम्म जरिवाना तिराउने बताएका हुन्। जरिवाना ५ सयबाट दुई हजार पुर्याइएको हो।
‘मानिसहरूले मास्क लगाइरहेका छन्। तर त्यँहा लापरवाही गर्नेहरू पनि छन्। हामीले त्यसलाई कस्न जरुरी छ। ५ सयको जरिवानालाई बढाएर २ हजार पुर्याइएको छ,’ मुख्यमन्त्री केजरीवालले भने।
उनले राजधानीमा कोरोनाको अवस्थाबारे छलफल गर्न भएको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग जरिवाना बढाइएको बताएका हुन्।
FACEBOOK COMMENTS