काठमाण्डौँ — बाटिका इन्टरटेन्मेण्ट प्रा.लि.को आयोजनामा मिष्टर एण्ड मिस नेपाल आइकन २०१८ हुने भएको छ।
देशैभरीका बिभिन्न कलेजमा अध्ययनरत १६ वर्षदेखि २८ वर्ष उमेर समूहका यूवा यूवतीहरुले प्रतियोगितामा प्रतिस्पर्घा गर्न सक्नेछन्।
गत शनिबार हाडिगाउ स्थित धन्वन्तरी स्पोर्टसमा प्रथम चरणको अडिसन सम्पन्न भयो।
करीब १७ जना प्रतियोगीबाट ३ जना पुरुष र ५ जना महिला गरी जम्मा ८ जना प्रतियोगी छनौट भएका छन्।![]()
अडिसनमा निर्णायकहरु मिस नेपाल २००० उषा खड्गी, वेलकम एडभर्टाइजिङ्ग एण्ड मार्केटिङ्ग कि मिडिया, सेल्स एण्ड बिजिनेस डेभेलोपमेण्ट म्यानेजर बिपुला जोशी खनाल, लोकप्रिय गायिका रेखा थापा र बाटिका इन्टरटेन्मेण्ट प्रालिकी प्रवन्ध निर्देशक तथा मिसेज हिमालय नेपाल गोमा अधिकारी धितालको प्रश्नलाई प्रतिस्पर्धीले सामना गर्नु पर्नेछ।

दोस्रो चरणको अडिसन अगाामी शनिबार अर्थात् २०७५ असोज ६ गते टेकु स्थित बिजिनेज पार्कको मसला कटेजमा हुनेछ।

![]()
अडिसनबाट करिब ३ हप्तासम्म चल्नेछ। अडिसनबाट करिब २५ जना महिला र २५ जना पुरुष को छनौट गरी तालिम शुरु गरीने कुरा बाटिका इन्टरटेन्मेण्ट प्रालिकी प्रवन्ध निर्देशक गोमा अधिकारी धितालले बताए।

यस प्रतियोगिताका बिजेताले एक÷एक लाख नगद र स्मार्ट टिभि प्राप्त गर्नेछन र २ जना बिजेताहरुले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिन पाउने छन्।