काठमाडौँ, साउन २३ – मुक्तिनाथ विकास बैंक लिमिटेड कमलादी र हाउस अफ ईन्टेरियर सुकेधारा, काठमाडौँबीच बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
उक्त सम्झौता पत्रमा हाउस अफ ईन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट नायव सहायक प्रमुख कार्यकारी अधिकृत बहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन्।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको छ।
बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुक, गुड फर पेमेन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निशुल्क गरेको छ।
साथै बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटीएमबाट बाट विना शुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ।
