काठमाडौं, जेठ २९ – शनिबार दिउसो राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष दाबी पेश गरेका हुन्। उनले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षको पत्र र जनमोर्चाका कृष्ण थापाको पत्र बुझाएका छन्।
जसपा सांसद विपक्षी गठबन्धनमा भए पनि गुरुङले जसपा केन्द्रीय सदस्य शंकर गौतम र तत्कालीन राजपाका गण्डकी संयोजक अनिल परियारको पत्र बुझाएका हुन्। त्यस्तै, कृष्ण थापाले आफू जनमोर्चाको संसदीय दलको नेता भएको दाबी गरेर दिएको पत्र पनि गुरुङले बुझाएका छन्।
ह्विप उल्लंघन गरेपछि जनमोर्चाले थापालाई कारबाही गरेको थियो। सभामुख नेत्रनाथ अधिकारीले शुक्रबार प्रदेश सभाको बैठका उनी पदमुक्त भएको घोषणा गरेका थिए। गुरुङले २७ जेठमा गण्डकी प्रदेश सभामा विश्वासको मत पाउन सकेका थिएनन्। उनले फेरि दाबी पेश गरेका हुन्।
यसअघि शुक्रबार नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले पनि दाबी पेश गरेका थिए। उनले नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय जनमोर्चा र जसपाका ३१ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। उनले दाबी पेश गर्दा ३१ जना सांसद प्रदेश प्रमुखकहाँ पुगेका थिए।
FACEBOOK COMMENTS