काठमाडौं, फागुन १४ – कम्पनी मोडेर्नाले अहिले अमेरिकी सरकारका वैज्ञानिकहरुसँग कोरोनाको नयाँ प्रकारको भाइरसलाई लक्षित गर्दै अनुसन्धानात्मक बुस्टर खोप बनाउनमा काम गरिरहेको जानकारी दिएको छ । त्यस्तै कोभिडको खोप भने यस वर्ष भित्रमा १० करोड डोज उत्पादन गरिसक्ने बताएको छ ।
यस अमेरिकी बायोटेक कम्पनीले बुस्टर खोपका लागि कच्चा पदार्थ उत्पादन गरिसकेको छ । कोरोना भाइरसको परिमार्जित स्वरुप पहिले दक्षिण अफ्रिकामा फेला परेको थियो र अर्को छुट्टै नयाँ प्रकार बेलायतबाट पनि फैलिरहेको छ । यो सुरुवाती भाइरस भन्दा धेरै संक्रमक हुने गरेको विज्ञहरुले बताएका छन् ।
मोडेर्नाले यो बुस्टर खोपको थप अध्ययनका लागि आफूलाई कोभिड खोप निर्माण गर्न मद्दत गर्ने अमेरिकाको ‘नेस्नल इन्स्च्यिुट अफ हेल्थ’ लाई यो बुस्टर खोप पठाइसकेको छ ।
मोडेर्नाले नयाँ रुपान्तरित भाइरस विरुद्ध लड्न थुप्रै सम्भावित तरिकाबारे खोजी गरिरहेको छ । मोडेर्नाले अहिलेसम्म ६ करोड डोज वितरण गरिसकेको छ ।
FACEBOOK COMMENTS