मोरक्कोमा शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त भएका अजिज अहिले ६१ बर्षको भएका छन् । उनले सन् २००७ देखि २०१७ सम्म कृषि मन्त्रीका रुपमा सेवा गरेका थिए ।
यही सेप्टेम्बर ८ मा भएको निर्वाचनको नतिजाका आधारमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राजदरवारबाट प्रकाशित वक्तव्यमा उल्लेख गरिएको छ ।
मरक्कोमा गत बुधबार तल्लो सदनका सदस्य र स्थानीय तहका प्रतिनिधि चयनका लागि मतदान भएको थियो । निर्वाचनका लागि देशभरी झन्डै एक करोड ७५ लाख आधिकारीक मतदाता रहेका थिए ।
निर्वाचन आयोगले प्रान्तीय परिषद्को निर्वाचन भने यही सेप्टेम्बर २१ र माथिल्लो सदनको निर्वाचन अक्टोबर ५ मा गर्ने तयारी गरेको छ ।
FACEBOOK COMMENTS