काठमाडौं, जेठ २० – टेलिभिजन र इन्टरनेट सेवाप्रदायक संस्था डिशहोमले यो वर्षको युईएफए युरोकप २०२० फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । उक्त प्रतियोगिताका लागि डिशहोमले ‘मेरो मनको दोस्रो देश’ अभियान शुरू गरेको छ ।
गत वर्ष कोरोना भाइरसको महामारीका कारण रद्ध गरिएको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यो वर्ष यही जुन महिनाको १२ तारिक अर्थात् यही जेठ २९ गतेदेखि हुरू हुँदै छ । प्रतियोगिता प्रशारणका लागि डिशहोमले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिएको छ ।
फुटबलप्रेमी दर्शकहरूले यो प्रतियोगिता डिशहोमको एचडी च्यानल ‘एक्सन स्पोर्टस’मा हेर्न सक्ने छन् । त्यस्तै सामाजिक सञ्जालहरूमा ‘ह्यासट्याग मेरो मनको दोस्रो देश’ ट्रेण्ड गराएर डिशहोमको योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरूबीच रोमाञ्चकारी बनाउने कम्पनीको दाबी छ ।
यस अन्तर्गत फ्यानहरूले आफूले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् । यस माध्यमबाट उनीहरूले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्नेबारे जानकारी प्राप्त गर्न सक्ने छन् । हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशका लागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुने डिशहोमको भनाइ छ ।
यस अभियानबाट डिशहोमले समय समयमा कुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्ने छ । जुन ह्यास्ट्याग मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्रमार्फत बम्पर इनाम पनि जित्नेछ । यसबाहेक फ्यानहरूले सामाजिक सञ्जालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरू पनि जित्न सक्ने छन् ।
डिशहोम नेपालको सबै भन्दा ठूलो एचडी र डिजिटल टेलिभिजन च्यानलहरूको प्रशारण सेवाको सञ्चालक हो । नेपालको ७७ वटै जिल्लामा सेवा सञ्चालन भएको यो एकमात्र टेलिभिजन सेवाप्रदायक संस्था हो । जसले स्याटेलाइटमार्फत ग्रामीण भेगसम्म पहुँच पुग्नेगरी इन्टरनेटको सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
अभियानमा भाग लिनका लागि शर्त तथा नियमहरू यस्ता छन्–
FACEBOOK COMMENTS