काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
बोर्डले कम्पनीलाई आज हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । यो सँगै कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १००ः१० अनुपातमा कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धककमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS