काठमाडौं, मंसिर १७- युनाईटेड ईन्स्योरेन्स कम्पनी र एसआरएल डायग्नोस्टिक्स नेपाल प्रा.लिबीच सम्झौता भएको छ । सम्झौतापत्रमा युनाईटेड ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र एसआरएल डायग्नोस्टिक्स नेपालप्रा.लिका आधिकारिक प्रतिनिधि रविन्द्र रत्नतुलाधरले सम्झौतापत्रमा हस्ताक्षरगरेका छन् ।
सो अवसरमा दुबै संस्थाकातर्फबाट सम्झौता बमोजिम एसआरएल डायग्नोस्टिक्सबाट प्रदान गरिने सुविधाहरु ल्याब टेष्ट परिक्षण गर्दा युनाईटेड ईन्स्योरेन्स कम्पनीका ग्रहाकहरु तथा कर्मचारीहरु र निजका परिवारका सदस्यहरु समेतकालागि १५ प्रतिशत छुट दिने हुदाँ सहज र सरल प्रकृयाबाट सेवा उपभोग गर्न सकिने छ।
FACEBOOK COMMENTS