काठमाडौं, पुस २ – युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा यस वर्षको अन्त्य हुनुअघि नै कोरोनाभाइरस विरुद्धको खोप लगाउन थाल्ने प्रतिबद्धता युरोपेली नेताहरुले व्यक्त गरेका छन् । फ्रान्सले यसै वर्ष सन् २०२० को अन्त्यसम्ममा ११ लाख ६० हजार डोज खोप प्राप्त हुने जनाएको छ । अर्को महिनाभित्र अरु २३ लाख डोज खोप फ्रान्सले प्राप्त गर्दैछ ।
कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या पाँच लाख पुग्ने खतरा भइसक्दा पनि युरोपेली युनियनमा खोपको आपूर्तिमा तुलनात्मक रुपमा ढिलाई भइरहेको छ । बर्लिन शहरको सुनसान सडकमा भेटिएका ५७ वर्षीय आइनेस कुम्पलले भने, “शहर आजभोलि सुनसान देखिएको छ ।”
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विगत २४ घण्टामा संयुक्तराज्य अमेरिकामा मात्र तीन हजार ७०० भन्दा बढीको मृत्यु भएको छ भने दुई लाख ५० हजारभन्दा बढी नयाँ संक्रमित देखिएका छन् । यो तथ्याँकले युरोपमा देखिएका कोरोना संक्रमितको संख्यालाई पनि ओझेलमा पारेको छ ।
डेनमार्क, फ्रान्स, टर्की र नेदरल्यान्ड्सले प्रतिबन्धहरुलाई अझ कडाई गरेका छन् भने स्पेनका प्रधानमन्त्रीले आफ्नो मुलुकमा कोरोना संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गर्नु भएको छ ।
FACEBOOK COMMENTS