काठमाडौँ — ‘लिटिल बुद्ध’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएकाहरूको खोजी प्रहरीले तीव्र पारेको छ ।
उनीहरू बेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको हो ।
२९ वर्षीया आनी चुन्मोडोल्मा (वास्तविक नाम चिनीमाया तामाङ) ६ वर्षदेखि बेपत्ता छिन् ।
हराएकाहरूबारे परिवारसँग विस्तृत रूपमा बुझ्ने र बम्जनको तपस्यास्थलबारे तथ्यांक लिने काम भइरहेको प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङले बताए ।
हलखोरियामा आनी बन्न गएकी हेटौंडा–१६ की पासाङ भन्ने फूलमाया रुम्बा २०७१ देखि हराएकाले खोजी गरिदिन भाइ विजय रुम्बाले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका थिए ।
मकवानपुरको पदमपोखरी वनस्पतिका महेन्द्र वाइबाले पनि बाबु सञ्चलाल वाइबा बम्जनकै तपस्यास्थलबाट बेपत्ता भएको भन्दै बुधबारै उजुरी गरेका थिए ।
२०७० मा बम्जनसँग हिँडेका सञ्चलाल २०७१ चैत १५ यता सम्पर्कविहीन छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS