काठमाण्डौँ — राष्ट्रपति कार्यालयको नयाँ भवन निर्माणका लागि डिजाइन तथा लागत इस्टिमेटको काम अन्तिम चरणमा पुगेको छ ।
हाल राष्ट्रपति कार्यालय रहेको शीतल निवासको जग्गा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गामा नयाँ र अत्याधुनिक राष्ट्रपति कार्यालय तथा राष्ट्रपति निवास निर्माण हुन लागेको हो ।
राष्ट्रपति कार्यालयमा हुनुपर्ने सम्पूर्ण पूर्वाधार र संरचनाहरू अहिलेको राष्ट्रपति कार्यालयमा कमी देखिएकोले अत्याधुनिक संरचना सहितको नयाँ राष्ट्रपति कार्यालय निर्माण हुन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले बताए ।
राष्ट्रपति कार्यालयको नयाँ भवन निर्माणका लागि मन्त्रिपरिषद्ले समेत निर्णय गरिसकेको जनाइएको छ ।
— गोरखापत्र
FACEBOOK COMMENTS