काठमाण्डौँ — अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामाथि निगरानी बढाएको छ।
जिम्मा लिएर तोकिएको समयमा काम नसक्ने ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेको हो।
अर्बौं लगानीका आयोजना सम्पन्न गर्न पटकपटक समय थप्दा पनि अलपत्र परेका कारण छानबिन थालिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।
आयोजना प्रमुखकै गैरजिम्मेवारीका कारण काम ढिलासुस्ती भएको प्रारम्भिक निष्कर्षमा अख्तियार पुगेको छ।
उसले राष्ट्रिय आयोजनाका ठेकेदार, कर्मचारीदेखि आयोजना प्रमुखसम्म निगरानी बढाएको हो।

– अन्नपूर्ण
