साउन ३०, शुक्रबार – रूसले विकास गरेको कोरोना भाइरसको खोपबाट सुरक्षा बारेमा विश्वले उठाएको प्रश्नहरुलाई निराधार भनेको छ । रसियनले खोपको सुरक्षाको बारेमा लगाइएको आरोपलाई आधारहीन ठहर गरेको छ । दुई महिनाभन्दा कम समयसम्म चलेको मानव परीक्षणको आधारमा रूसले यसको खोपलाई नियमित स्वीकृति दिएको थियो । यद्यपि त्यसबेलादेखि अहिलेसम्म रूसले उत्पादन गरेको खोपका बारेमा धेरै प्रश्नहरू उठ्न थालिसकेका छन् । जर्मनी, फ्रान्स, स्पेन र संयुक्त राज्य अमेरिकालगायत धेरै देशहरूले रसियाको खोपमा विश्वास गरिरहेका छैनन ।
रसियाका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले एक समाचार एजेन्सीलाई भने, “रसियाको खोपका बारेमा उठाइरहेका प्रश्नहरू बजार प्रतिस्पर्धाबाट प्रेरित भएको देखिन्छ र मानिसहरूले आफ्नो विचार व्यक्त गर्न खोजिरहेका छन् जुन पूर्ण रूपमा निराधार छन्। उनले भने कि यो खोप छिट्टै जनतालाई उपलब्ध गराइनेछ ।“
मुराश्कोले भने, “अर्को दुई हप्तामा मेडिकल भ्याक्सिनको पहिलो प्याकेज उपलब्ध हुनेछ, जुन डाक्टरहरूको लागि मात्र हुनेछ।“ रसियन अधिकारीहरूले अक्टूबरमा ठूलो मात्रामा खोप अभियान थाल्ने योजना बनाएका छन्।
विश्व स्वास्थ्य संगठनले रसियालाई यो खोप पुनरावलोकन गर्न पनि आग्रह गरेको छ । रसियाको यो खोप डब्ल्यूएचओको सूचीमा समावेश गरीएको छैन जुन तेस्रो चरणको क्लिनिकल परीक्षणमा पुगेका छ वटा खोपहरू छन् । रसियाले यसको खोपको उत्पादनसँगै यसको दोस्रो चरणको क्लिनिकल परीक्षण जारी राख्ने जनाएको छ ।
अमेरिका र युरोपका मिडिया र स्वास्थ्य अधिकारीहरू यस खोपबारे निरन्तर प्रश्न गरिरहेका छन्। जर्मन स्वास्थ्यमन्त्रीले यो खोपको सही परीक्षण नभएकोमा चिन्ता व्यक्त गरेका छन् । जर्मन स्वास्थ्यमन्त्रील जेन्स स्पानले मिडियासँग कुराकानीमा भने, लाखौं मानिसहरूलाई यो खोप लागू गर्नु खतरनाक हुन सक्छ । गलत खोप लागू गरेर मानिसहरूको ज्यान पनि जानसक्छ ।
उही समयमा युरोपका प्रसिद्ध अनुसन्धानकर्ता इसाबेल एम्बरले भने यस महामारीको उपचारलाई हतारमा ल्याउनु एकदम खतरनाक हुन सक्छ । यसै समयमा अमेरिकाको अग्रणी संक्रामक रोग विशेषज्ञ आन्थन फौचीले पनि रसियाको यो खोपको बारेमा शंका व्यक्त गरेका छन् ।
यसैबीच, मस्कोमा स्थित क्लिनिकल ट्रायल संगठनहरूको संगठन ९एसीटीओ० ले स्वास्थ्य मन्त्रालयलाई उक्त खोपलाई दोस्रो चरणको परीक्षण पूरा नभएसम्म अनुमोदन नगर्न आग्रह गरेको छ ।
यद्यपि रसियाको यो खोपको पक्षमा धेरै देश देखिएका छन् । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले यो खोप आफै परीक्षण गर्ने बताएका छन । उनले भने, ’मलाई विश्वास छ रूसले यो खोप लगाएर मानवताका लागि धेरै राम्रो काम गरेको छ । म पहिलो प्रयोग गर्नेछु । उही समयमा इजरायलले यदि यो खोप सहि सावित भएमा इजरायलले खरिद गर्ने प्रस्ताव गर्ने बताएको छ ।
FACEBOOK COMMENTS