काठमाडौं,कार्तिक १७ – लक्ष्मी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बिहान बसेको बैंठकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अगाडी बढाएको हो ।
बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाांश दिने प्रस्ताव गरेको छ । बैंकले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ८९ लाख २० हजार ५०८.६४ कित्ता बोनस सेयर र ५ प्रतिशतले हुन आउने ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि मात्र सेयरधनीहरुलाई लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS