काठमाण्डौं— प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण सिर्जना भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
इलामको सदरमुकाममा आयोजित लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यहाँ उत्पादित कृषि उपज भारत र पश्चिमा देशमा निर्यातलाई सहज बनाउन क्रियाशील रहेको धारणा राखे।
चियादेखि इलामका नगदवालीसँगै पर्यटन क्षेत्रमा लगानीका लागि उपयुक्त विषय भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारले लगानीको वातावरण बनाउन कुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता जनाए ।
— कान्तिपुर
FACEBOOK COMMENTS