काठमाडौं, फागुन २३-हस्तकलाको प्रवर्धन र महिला सशक्तिकरण भन्ने नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शनिबारदेखि ललितपुरमा महिला हस्तकला मेला सुरु भएको छ ।ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा मेला सुरु भएकाे हाे ।
मेलाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका थिए।उनले हस्तकला उद्यमशिलता प्रवद्र्धनका लागि महानगरपालिकाले सयौं व्यक्तिलाई तालिम दिएपनि उनीहरु हस्तकला व्यवसायमा नलागी नोकरीका लागि भौतारिने गरेको भन्दै असन्तुष्टी व्यक्त गरे ।
‘हस्तकला उद्यशीलता प्रवद्र्धनका लागि हामीले तालिम, गोष्टीमा धेरै खर्च ग¥यौं तर तालिम लिनेहरु उद्यमशिलतातर्फ नलागि नोकरी खोज्दै हिँड्ने गरेको पाइयो, अब महानगरपालिकाले यस्ता उपलव्धीविहीन तालिम गोष्टीमा खर्च गर्ने छैन,’ उनले भने ।उनले हस्तकलाको प्रवद्र्धनका लागि महानगरपालिका परिसरमा हप्तैपिच्छे मेला आयोजना गर्न महानगरपालिकाले मेलास्थल निशुल्क उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
मेला संयोजक सबिता सिंह महर्जनले कोरोनाबाट थलिएको हस्तकलाको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको बताइन् । उनले मेलामा करिब ५० स्टल रहेको जानकारी गराउँदै उत्कृष्ट एक स्टललाई पुरस्कृत गरिने घोषणासमेत गरिन् ।सो अवसरमा ललितपुर महानगरपालिकाअन्तर्गको हस्तकला प्रवद्र्धन समितिका संयोजक सुरेशमान महर्जन, उपमेयर गीता सत्याल लगायतकाले उद्यमशिलता बिना महिला सशक्तिकरण हुन नसक्ने भन्दै महिलालाई आर्थिक रुपमा सम्पन्न गराउन बिना धितो कर्जाको व्यवस्थाका लागि महानगरपालिकाले पहल गर्ने प्रतिबद्धता जनाए ।
फागुन २४ गतेसम्म संचालन हुने मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका सामान, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामान ,सीसाजन्य सामानका साथै वैक तथा वित्तीय संस्था गरी करिब ५० स्टल रहेको आयोजकले जनाएको छ ।मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाको लघु, घरेलु उत्पादक एव कम आय भएका महिला, जनजाति आदिवासी उद्यमीका साथै अपाङगता भएका महिलाका उत्पादन पनि रहेका छन् ।
FACEBOOK COMMENTS