काठमाण्डौँ — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकेडेमिक साइन्स ब्लक (कलेज भवन) निर्माणमा लामा कन्स्ट्रक्सनले सर्तबमोजिम काम नगरेको भन्दै धरौटी जफत गरेको छ ।
करिब १४ करोड रुपैयाँ लागत स्टिमेटको स्वास्थ्य शैक्षिक भवन निर्माण गरेको पाँच वर्ष बितिसक्दा पनि उपयोगविहीन हुन पुगेपछि लामा कन्ट्रक्सनको धरौटी जफत गरिएको हो ।
२०७० फागुन २७ गते भवनको उद्घाटन गरिएको थियो ।
भवन निर्माणमा कमसल समग्री र स्तरहीन छत ढलाइ भएको आरोप छ ।
निर्माण सम्पन्न नहुँदै छत भत्किएर पानी चुहिन थालेपछि धरौटी जफत गरिएको प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS