काठमाडौं, असोज १९ – बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आइतबार राति मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि आइतबार बिहान लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकी बुटवल–१३, बेलबासकी ६५ वर्षीया महिलाको राति ८ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
उनका अनुसार अस्पतालमा एक्सपर्ट इमर्जेन्सी टेस्ट किट अभाव भएकाले महिलाको पीसीआर परीक्षणका लागि आइतबार पठाइएको स्वाबको नतिजा सोमबार बिहान आएको हो ।
FACEBOOK COMMENTS