काठमाण्डौँ — वाणिज्य बैंकहरुबीच व्याजदरमा नयाँ सहमति कायम भएको छ।
राष्ट्र बैंकको पहलमा वाणिज्य बैंकहरुबीच मुद्दती तथा बचत खातामा नयाँ सीमा तोकिएको हो।
अब बैंकहरुले बचत खातामा अधिकतम साढे ६ प्रतिशत मात्रै व्याज दिन पाउने भएका छन ।
त्यस्तै व्यक्तिगत मुद्दतीमा ९.२५ तथा संस्थागत मुद्दतीमा साढे ८ प्रतिशत दिनेगरी राष्ट्र बैंकले सहमति गराएको छ।
बैंकर्स संघले यसअघि बचतमा ७ प्रतिशत तथा संस्थागत मुद्दतीमा ९ र व्यक्तिगत मुद्दतीमा अधिकतम १० प्रतिशतको सीमा तोकेको थियो।
निक्षेपको व्याजदर नियन्त्रण हुँदा कर्जाको व्याज समेत बढ्न नपाउने समितिको ठहर छ।
FACEBOOK COMMENTS