काठमाडौँ– नयाँ गन्तब्य नपाएर वायु सेवा निगमलाई मासिक ३० करोड घाटा लगाउँदै आएको नेपाल एयरलाइन्स वाइडबडी अन्नपूर्णमा समस्या आए पछि कतारमा ग्राउन्डेड भएको छ।
कतारको समय अनुसार बिहान २ बजेर ५० मिनेटमा उडेर काठमाडौँमा बिहान १० बजे अवतरण गर्नुपर्ने तालिका रहेको विमानमा २४७ यात्रु थिए।
निगम स्रोतका अनुसार जहाजको ब्रेकमा समस्या आएको पाइलटले जनाएका छन् भने कतारका हवाई इन्जिनियरले भने इन्डिकेटरमै समस्या आएको बताएका छन्।
अहिले कतारकै हवाई इन्जिनियरले विमानको जाँच गरिरहेको र मर्मत गरेर नेपाल ल्याउने तयारी भइरहेको जनाईएको छ ।
FACEBOOK COMMENTS