अन्जनराज न्यौपाने
तनहुँ,१ पौष -जिल्लाको ब्यास नगरपालिका(८ रिस्ति निवासी गणेशप्रसाद बास्तोलाले दैनिक १ सय५० किलो भन्दा बढिको माछा विक्री गर्ने गरेका छन्। दैनिक जसो माछाको माग बढ्न थालेसँगै अत्याधिक माछा विक्री हुन थालेको उनले बताए । प्रति केजी ४ सय रुपैयाँका दरले माछा बेच्ने गरेको छुु उनले भने । ूसाउदी गएँ,कतार गएँ,मलेसिया पनि गएँ अर्काको चर्को दवाव सहनु पर्ने विरामी भए जागिरबाट निकालिदिने साँहुको धम्की ,भनेको वेलामा खान नपाईने,चर्को धामपानीले विरामी भए पनि सुख पाईन्थेन कडाकामले शरीर सुकेर आधा भएको थियो तेती रातदिन मेहनत गर्दापनि तलव थोरै काम भने धेरै गर्नु पर्थौ, ओभर टायम काम भने भारी बोक्ने काम र चर्पी सफा गर्ने मात्रै पाईन्थो यसरी विदेशीको दास भएकोमा अहिले आफैलाई सर्मलागेर आउँछ स्वदेशमा ढलेको सिन्को नभाँच्ने बानीलाई विदेशले सवक सिकायोु वाँस्तोलाले अनुभव सुनाउदै भने ।
विदेशको दर्दनाक दुख संझेर आफ्नै जग्गामा ३ वटा पोखरी निर्माण गरि रघु, नही, ग्रासकार, सिल्भरकार जातका माछा उक्त पोखरीमा पालेको छु ,यी जातका माछा चाडै नै आकार बड्ने र खादा अतिनै टेष्टी हुने भएको कारण वडीनै वजार माग छ , उनले थपे।
माछा ब्यबसायी बाँस्तोलाले यस अघि नै १ लाख बढिको माछा विक्री गरिसकेका थिए। तनहुँको ब्यास-१ गल्बुवेशीमा ठूलो लगानीमा कुखुरापालन र मासु ब्यबसाय समेत गर्दै आएका वाँस्तोला सफल मासु ब्यबसायी मात्रै नभै कुशल कृषक पनि हुन। माछा मात्रै नभै उनले मौसम ,सुन्तला, केरा, मास, कोदो ,कमला, बोडी, अम्वा, नाँसपति अमला खेती गरेर लाखौ रुपैयाँ कमाएको सुनाए । उनले आफ्नो ९ रोपनी २ आना३ पैसाको बाबुबाजले बचाईराखेको पुर्खौली जग्गामा उन्नत जातका फलफुल ,तरुल,पिँडालु,बदाम,आलु केरा,आँप,लिचीका दर्जनौं बोट रोपेका छन्।
सिसौ, बकैनो, साल, कुट्मिरो, बडहर, ,सजिवन, खनायो, ठोट्ने, दवदवे, पाखुरी, सिमल, चिफ्ले, गाँउजो, चिल्लो बाटुलपाते,सिमली,हर्रो,बर्रो,हर्चुल,,विकासे धाँस,पानी अमला,गोलैचो,छत्तीवन, सिम्डी,गुर्जो,कुरीलो,मेवा, डुम्री,अमला,जाईफल,ठुलापाते जस्ता हर्वल औंषधी जन्य पदार्थ उक्त जग्गामा लगाएको छु पर्याप्त समय कृषिमा र केही समय समाजसेवामा संलग्न हुने गरेको छु उनले भने। कर्म गर्नैहरु पर निर्भर वन्न नपर्नै बताउदै कुनै पनि काम सफलता पुर्वक गर्न गराउन दृड संकल्प र तत्परता चाहिन्छ हामी आँटौ, जोस जाँगर निकालौ सफलता उसै क्षण मिफ्दछ मल्लले भने। एउटै बारीमा सवै थरिका धाँसका र औंषधी जन्य बोट बिरुवा लगाउदाँ गाई,भैंसी र बाख्रा पालनलाई समेत अतिनै लाभदायक भएको छ। अल ईन वान् कृषि जोन नाम दिएका बाँसतोलाले जग्गा अतिनै रसिलो र मोलिलो भएका कारण वातावरणमैत्रि वनस्पतिबाट लाभ लिनेगरेको बताए ।
माछा ,मासु,उन्नत जातका फलफुल,जडीबुटी,मौसम र बेमौसमी बीउ वीजन समेत बेच विखन गर्दा सानो लगानीमा ठूलो आर्थिक सफलता हाँसिल गरेको छु विदेश छाडेर कृषि ब्यबसायमा आत्मनिर्भर बाँसतोला भन्छन् नेपालका नेपाली कृषकहरु आफनो अति उर्भर भूमिमा काम नगरेर विदेशीदा नेपाली भुभाग बाँझिएर रुखो भएको र खेतीयोग्य उत्पादनमा कमी आएको छ ।
यसरी धान,मकै,गहुँ ,कोदो,धैयाधान,फापर ,भट्ट ,मासहरु अत्यन्तै राम्रो उत्पादनहुने जग्गाहरु बाँझो राखेर तेसै गौचरण वनाउदाँ दुख लागेको बताए । उर्वर खेतीयोग्य जमीन मासेर घर, घडेरी र पल्टिङ गर्दा भूक्षय हुने,भनेको बेलामा जग्गा जमिन विक्री वितरण नहुदाँ यस ठाँउका कृर्षक मात्रै नभै सवै क्षेत्रका जग्गाधनीहरु मारमा पर्नुपर्नै साँझा वाँध्यता रहेकोमा उनले चिन्ता ब्यक्त गरे।
FACEBOOK COMMENTS