काठमाडौं, फागुन १७ – प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउन आग्रह गरेका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले देश विकासमा हातेमालो गर्न आउन आग्रह गरेका हुन् ।
‘तपाईहरु सुतली बम पड्काएर नबस्नुहोस्, त्यसले केही हुँदैन’ उनको भनाइ छ । उनले सरकार त्यसतर्फ सकारात्मक भएकाले देश विकास र समृद्धिको पक्षमा लाग्न आग्रह गरे ।
FACEBOOK COMMENTS