काठमाडौँ, असोज ३० – विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका- ३ बुद्धचोक निवासी संक्रमित पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । अस्पताल प्रबन्धक नारायण दाहालले ६५ वर्षीय पुरुषको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको हो ।
वृद्धमा बुधबार कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा उच्च रक्तचाप सम्बन्धी पुरानो समस्या थियो ।
FACEBOOK COMMENTS