काठमाण्ठौँ – सरकारले संघीय संरचना कार्यान्वयनका लागि दातृ निकायहरुलाई सहायता रकम वृद्धि गर्न आग्रह गर्ने भएको छ ।
आर्थिक पत्रकारहरुको संगठन सेजनले शनिबार राजधानीमा गरेको अन्तरक्रियामा अर्थ सचिव राजन खनालले दातृ निकायले उपलब्ध गराउने ५ बर्षे सहायता सम्बन्धमा छुट्टै छलफल गर्ने तयारी मन्त्रालयले गरेको जानकारी दिए ।
अर्थसचिव खनालले अहिलेको बजेट पुर्ण वित्तिय संघियताको बजेट भएको बताए ।
प्रशासन, राजश्वका दरहरुको अभ्यास गर्ने काम तीनै तहमा संगसंगै भईरहेको पनि उनले बताए ।
– राजधानी
FACEBOOK COMMENTS