काठमाण्डौँ – रसुवाको पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिङमा उत्पादित ८० किलोवाट विद्युत् खेर गएको छ ।
जिल्लाको उच्च भागमा रहेको लाङटाङको क्यान्जिङमा उत्पादित विद्युत् १० महिनादेखि खेर गएको हो ।
काधुरी नामक संस्थाले उत्पादन सुरु गरेको विद्युत् लाङटाङ, मुन्डुप, सिन्दुम तथा क्यान्जिङका एक सय १६ घरले प्रयोगमा ल्याउँदा करिब २० किलोवाट मात्र खपत भइरहेको विद्युत् गृहमा कार्यरत कर्मचारी कृष्णप्रसाद गौतमले बताए ।
आयोजनाले १०० किलोवाट विद्युत् उत्पादन गर्दै आएको छ ।
यसलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसक्दा १० महिनादेखि विद्युत् खेर गइरहेको गौतमले बताए ।
– नयाँ पत्रिका
