काठमाडौं, पुस ५ – पूर्वमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपा का नेता गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि सिफारिस गर्नु गत निर्वाचनमा प्राप्त जनमत विपरित भएको बताएका छन् ।
उनले यो कदम संविधान विपरित समेत भएको बताउँदै प्रधानमन्त्रीको सो कदम सच्याउन राष्ट्रपति विद्यादेवी भण्डारीले भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा उनले लेखेका छन्,’प्रधानमन्त्रीको संसद विघटनको सिफारिस गत निर्वाचनमा व्यक्त जनमत र संविधान विपरित छ । संविधानको संरक्षकको नाताले उक्त कदम सच्याउन राष्ट्रपतिज्यू बाट भूमिका निर्वाह हुनेछ भन्ने अपेक्षा राख्दछु ।’
FACEBOOK COMMENTS