काठमाडौं – संसदको सार्वजनिक लेखा समितिले सरकारी संयन्त्रकै मिलेमतोमा चिनीको आयात रोकी सीमित चिनी उद्योगीको सिन्डिकेटलाई सहयोग पुर्याएको निष्कर्ष निकालेको छ ।
समितिले चिनीको मूल्य निर्धारणमा ठूलो चलखेल भएको भन्दैयसबारे विस्तृत छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
चिनी आयात बन्द भएपछि स्टक रहेको चिनी बिक्री गर्दा महंगोमा चिनी बेचेको समितिले बताएको छ ।
चिनी उद्योग संघ र सरकारसँग भएको सम्झौताविपरित चिनीको मूल्य वृद्धि गरिएको समितिले उल्लेख गरेको छ ।

समितिले असोज १८ गते गरेको निर्णयअनुसार चिनीको फ्याक्ट्री मूल्य प्रतिकिलो ५३ रुपैयाँ कायम भएको थियो। सोहीअनुसार उपभोक्तासम्म पुग्दा भने ६३ रुपैयाँ उपयुक्त हुने ठहर गर्दै समितिले सरकारलाई निर्देशन दिएको थियो। तर बजारमा चिनीकाे मुल्य ९० रुपैयाँ सम्म पुगेकाे थियाे ।

संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले चिनीको मूल्यवृद्धि गराउन ठूलो आर्थिक चलखेल भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न निर्देशन दिन समितिलाई सिफारिस गरेको थियो।