काठमाण्डौँ — सवारी तथा यातायात व्यवस्था ऐन नयाँ बन्ने भएको छ।
संघीय प्रणालीअनुसार सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई सुधार गरेर नयाँ बनाउन लागेको हो।
यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायले ऐनलाई समयसाक्षेप र प्रविधिमैत्री हुनेगरी परिवर्तन गर्न लागिएको जानकारी दिए।
तीन महिनादेखि विभाग ऐनको खाका निर्माणमा जुटेको छ।
ऐनको खाकालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र मन्त्रिपरिषद्को अनुमोदन र संसद्बाट पारित गरेपछि लागु हुनेछ।

मुलुकमा नयाँ संविधान निर्माण भए पनि यातायात क्षेत्र भने २६ वर्ष पुरानो ऐनकै आधारमा सञ्चालन भइरहेको छ।

— अन्नपुर्ण