काठमाण्डौँ — आगामी अप्रिल १२, १३ र १४ मा काठमाडौँको भृकुटीमन्डपमा मिडिया प्रदर्शनी हुने भएको छ।
आयोजक संस्था एकेडमी अफ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले राजधानीमा पत्रकार सम्मेलन गरि उक्त कार्यक्रम बारे जानकारी दिएको हो।
कार्यक्रमबारे बोल्दै परियोजना प्रमुख डम्बर शाहले मिडिया प्रदर्शनी नेपालको मिडिया क्षेत्रको समग्र विकास र बिस्तारको लागि एक खुड्किलो हुने बताए ।
नेपालमै पहिलो पटक हुन लागेको मिडिया प्रदर्शनीमा सरकारी तथा गैरसरकारि संघ(संस्थाले सहकार्य गरेका छन्।
— अन्नपुर्ण
