काठमाडौं, माघ १५ – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका ५ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित बिशेष समारोहमा महानिरीक्षक खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका १५ जना अधिकृतहरुलाई समेत सशस्त्र प्रहरी उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरे।
गृहमन्त्रीस्तरको यही माघ १४ गतेको निर्णयले ५ जना अधिकृतहरु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका हुन् भने गृहसचिवस्तरको यही माघ १२ गतेको निर्णयले १६ जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका हुन्।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै उनीहरुले राज्य र संगठनलाई पु-याएको योगदानकोसाथै व्यावसायिक क्षमता तथा कार्यदक्षताको मूल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गरे।
उनले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न पूर्णव्यावसायिक भई अनुशासित एवं जिम्मेवारी बोधकासाथ कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए।
FACEBOOK COMMENTS