काठमाण्डौँ — काठमाडौं महानगरपालिकाले सहकारीलाई कडाइ गर्ने भएको छ।
कमजोर नियमनका कारण वित्तीय क्षेत्रमा जोखिम बढेको भन्दै महानगरले सहकारीलाई कडाइ गर्न लागेको काठमाडौं महानगरपालिका सहकारी विभागका उपनिर्देशक सुमन अधिकारीले जानकारी दिए।
सहकारीमा विकृति, विसंगति बढेको भन्दै महानगरले नियन्त्रण गर्ने योजना अघि सारेको हो।
अन्य क्षेत्रका सहकारीको तुलनामा काठमाडौं उपत्यकामा सञ्चालित सहकारीमा विकृतिका र जोखिम बढी छ।
काठमाडौं महानगरमा एक हजार आठ सय ६१ वटा सहकारी छन्।
महानगरका उपनिर्देशक अधिकारीले सहकारी नियमनका लागि इन्डिकेटर तयार पर्ने काम भइरहेको बताए।
— अन्नपूर्ण
FACEBOOK COMMENTS