मदन तिमल्सेना तनहुँ, असार ८ गते तनहुँका विभिन्न ६ वटा सामुदायीक विद्यालयहरुमा कम्प्युटर सामाग्री प्रदान गरिएको छ । सुचना तथा सन्चार प्रविधि मन्त्रालय अन्तर्गतको नेपाल दुर सन्चार प्राधिकरणबाट प्राप्त ति सामाग्रीहरु विद्यालयहरुलाई हस्तान्तरण गरिएको छ । उक्त सामाग्रीहरु तनहुँ क्षेत्र नं १ का सांसद कृण्ण कुमार श्रेष्ठ (किसान)को पहलमा तनहुँका विद्यालयलाई प्राप्त भएको हो ।
तनहुँका विभिन्न विद्यालयहरुले कम्प्युटर, प्रोजेक्टर र सिसि टिभी लगायतका सामान प्राप्त गरेका छन् । एउटा विद्यालयमा २५ लाख बराबरकाे सामग्री हस्तान्तरण भएको सांसद श्रेष्ठको सचिवालय जनाएको छ । जसमा ब्यास नगरपालिका १० को सर्व ज्योति मा. वि, ब्यास नगरपालिका १ को निर्मल मा. वि , भानु नगरपालिका ११ स्थित त्रिभुवन उच्च मा. वि, भानु नगरपालिका २ मा रहेको होरालो शारदा शिक्षा सदन, बन्दिपुर २ को भानु मा. वि र देवघाट २ काली गंगा मा. विलाई उक्त समान हस्तान्तरण गरिएको हो ।
FACEBOOK COMMENTS