मदन तिमल्सेना
तनहुँ, ११ श्रावण-तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्ण कुमार श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा पहिरोमा परेर ज्यान गुमाएकाहरुको परिवारलाई व्यक्तिगत रुपले आर्थिक सहयोग गरेका छन । असारको २९ गते आएको अबिरल बर्षाको कारण पहिरोमा परि ज्यान गुमाएकाको परिवारलाई राहत सहयोग स्वरुप व्यास नगरपालिका वडा नम्बर ९ माझफाटका थापा परिवारलाई २५ हजार, माझफाटका कै भुजेल परिवारलाई २५ हजार, साउन ५ गतेको पहिरोमा परि भानु नगरपालिका वडा नम्बर ९ का धौराली परिवारलाई ५० हजार रुपैयाँ र पहिरोले घर भत्किएको भानु नगरपालिका ९ कि लक्ष्मी परियारलाई २० हजार रुपैयाँ राहत सहयोग गरेका हुन ।
त्यसैगरि राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले भानु नपा ९ को धौराली परिवारलाई २० हजार आर्थिक सहयोग गरेकी छिन् । पिडित परिवारलाई भेटघाट गर्ने क्रममा नेकपाका केन्द्रीय सदस्य एक बहादुर राना, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेल, अनुसन्धानका एसपी नविन भट्टराई लगायतको उपस्थित रहेको थियोे ।भेटका क्रममा सबै जनाले परिवारलाई सान्त्वना दिएका थिए ।
