काठमाडौं, २४ मंसिर -१३ औं दक्षिण एशियाली फुटबल ९साग० अन्तर्गत साग फुटबलको स्वर्ण नेपालले जितेको छ । मंगलबार दशरथ रंगशालामा भएको फाइनलमा नेपालले भुटानमाथि २-१ को जित निकालेको हो ।नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरेर जित दिलाएका हुन् । पहिलो हाफको १७ औं मिनेटमा अभिषेकले डि बक्सभित्रबाट गोल गरेका थिए । भुटानका चेम्जुङ ग्यान्जेलले ३७ औं मिनेटमा सानदार बराबरी गोल गरेका थिए ।
FACEBOOK COMMENTS