काठमाण्डौँ — सरकारले उद्योगी व्यवसायीको प्रभावमा चिनी आयातमा बन्देज लगाउँदा साल्ट ट्रेडिङ कर्पोरेसन (एसटिसी)लाई करिब साढे पाँच करोड रुपैयाँ थप भार परेको छ।
सरकारले आयातमा प्रतिबन्ध लगाएपछि कर्पोरेसनले ग्लोबल टेन्डरमार्फत खरिद गरेको २५ हजार क्विन्टन चिनी नौ महिनादेखि वीरगन्ज भन्सारमा रोकिएको छ।
आयातमा प्रतिबन्धका कारण भन्सारले चिनी छोड्न मानेको छैन।
रोकिएको यो अवधिका लागि कर्पोरेससले डेमरेजबापत साढे पाँच करोड रुपैयाँ थप रकम तिर्नुपर्ने भएको हो।
अन्तर्राष्ट्रिय मान्यताअनुसार आयातमा बन्देज लगाउनुपूर्व कानुनअनुसार खरिद गरिसकेको वस्तुलाई गन्तव्य मुलुकसम्म पुग्न दिनुपर्ने नियम छ।

तर, सरकारी संस्थानले आयात रोक्नुअघि खरिद गरेको चिनी भन्सारले रोकेको कर्पोरेसनका अधिकारीले जानकारी दिएका छन्।

कर्पोरेसनका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले असारमा एलसी खोलेर भदौ २३ मा नेपाल ल्याउन रेलको ¥याकमा लोड भएको चिनी भन्सारमा रोकिँदा अहिलेसम्म साढे पाँच करोड रुपैयाँ थप भार परेको बताए।

— नागरीक