काठमाडौं, फागुन २१ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्लाको रैनादेवी छहरा —४ स्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर प्रदान गरेको छ । बैंकको केन्द्रियकार्यालय नारायणहिटी पथमा आयोजितएक कार्यक्रमका बीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरिएको छ ।
निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई आजको बदलिदो प्रतिस्प्रधात्मक प्राविधिक शिक्षण सिकाई गर्नका लागि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रम संग यस पुस्तालाई साक्षातकार गराउन यो कदम फलदायी हुने कुरा विद्यालय प्रशासनले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँचलाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
FACEBOOK COMMENTS