काठमाडौं, मंसिर ४ – सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । यस बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत असोज १६ देखि २० गतेसम्म विक्री उक्त ऋणपत्र विक्री गरी असोज २६ गते बाँडफाँट गरेको थियो । कुल ३० लाख कित्ता ऋणपत्र मध्य रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत र १८ लाख कित्ता परिपत्र विधिमार्फत विक्री गरिएको थियो ।
वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको सात वर्षे अवधिको यो ऋणपत्र २०८४ सालमा परिपक्क हुनेछ । धितोपत्र दोस्रो बजारमा पनि आइतवारदेखि कारोबार गर्न सकिने यो ऋणपत्र सम्बन्धित ऋणपत्र धनीहरुले हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS