काठमाण्डौं– सिल्क एयरले हप्ताको सातै दिन सिंगापुर उडान सुरु गरेको छ ।
बोइङ ७३७ र ८०० विमानमार्फत नेपाल–सिङ्गापुर दिनको एउटा उडान हुने जनाएको छ ।
बिजनेस र इकोनोमी क्लास १ सय ५० सिट क्षमताको विमानबाट उडान सुरु भएको छ ।
काठडमाडौँबाट सिङ्गापुर आइतबार, सोमबार, बुधबार र शुक्रबार राती ८ः३० बजे उडान हुनेछ । मंगलबार, बिहिबार र शनिबार भने दिनको १ः५ बजे उडानको तालीका छ ।
सिंगापुरबाट भने विहान ९ बजे काठमाडौंका लागि उड्ने जहाज मध्यान्ह १२ बजेर ५ मिनेटमा ल्याण्ड गर्ने छ ।
FACEBOOK COMMENTS