काठमाण्डौँ — मंलगबार प्रतितोला सुनको मूल्य एक सय रुपैयाँले बढेर ६२ हजार सात सय रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण यसको असर घरेलु बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय बजारको ट्रेन हेर्दा सुनको मूल्य अझ बढ्न सक्ने अनुमान नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।
मंललबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ।
— नागरीक
