काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोला ३ सयले बढेर तोलाको एक लाख ९२ हजार तीन सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको एक लाख ९२ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर तोलाको २१७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS