काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकहरुलाई सौराहा, चितवन स्थित पार्क सफारी रिसोर्ट प्रालि १० प्रतिशत छुट हुने भएको छ ।
एक कार्यक्रमका बिच बैक र पार्कको उक्त सहकार्यको लागि सम्झौेता भएको हो । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनु साथैै यस्ता सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएकोछ । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।
FACEBOOK COMMENTS