काठमाडौं,फागुन २- कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गरेको मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।
शुक्रबार सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले कार्यक्रमको उद्घाटन गरेका छन् । मन्त्री बास्कोटाले रोबर्टको बटन थिचेर रोबर्टबाटै रिवन काटिएको छ भने ड्रोनले पुष्प बृस्टि गरेको छ ।
भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा रहेका सम्पूर्ण हल तथा परिसरका सुविधायुक्त ट्रसमा अन्तर्राष्ट्रियस्तरमा प्रचलित नेपालमा उपलब्ध अधिकांश ब्राण्डका साथै सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरु हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स रहने छन् ।
त्यस्तै मोबाइल तथा मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युहरु, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स, स्टार्टअप र इन्नोभेसनका तथा कम्प्युटिङ डिभाइसहरुसँग सम्बन्धित कम्पनी, अफिसियलहरु, प्रायोजकहरु र फुड कोर्टसहित १८१ स्टल रहेका छन् ।
क्यान इन्फोटेक २०२० को टिकटलाई पेपरलेस बनाइएको छ । अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्ने छन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने छ । यस पटकको क्यान इन्फोटेकमा विभिन्न अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरुले आफ्ना बाण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक झटमा बिक्री समेत गर्नेछन् ।
क्यान इन्फोटेक मेला फागुन ७ गतेम्म सञ्चालन हुने छ ।
FACEBOOK COMMENTS