काठमाण्डौ, साउन २३ – आफ्ना ग्राहकहरुको लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैँक लिमिटेडद्वारा इजलेन्ट टेक्नोलोजी इन्डियासंगको सहकार्यमा थ्री डी सक्कयूर सेवा प्रारम्भ गरेको हो ।
सो सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डहरूबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ ।
थ्री डी सेक्यूर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वन टाइम पासवर्ड आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । थ्री डी सेक्यूर सेवामा कार्ड र वन टाइम पासवर्ड दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।
FACEBOOK COMMENTS