काठमाडौं, ९ फागुन- सैनिक शासनविरुद्ध शनिबार म्यानमारमा भएको नागरिक प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ।
म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्। ‘आक्रोशित प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हो। घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,’ मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने।
घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। मृतकमध्ये एक जना किशोर रहेका र उनको टाउकोमा गोली लागेको ओओले बताए।
म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत् हटाएर सेनाले शासन सुरु गरेको छ।
FACEBOOK COMMENTS