काठमाडौं । इनफिनिक्स नेपालले स्मार्ट १० सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ। ६४ जिबी र्याम भएको स्मार्ट १० को मूल्य ११ हजार ४९९ र १२८ जिबी र्याम भएको स्मार्ट १० प्लसको मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ ।
दैनिक प्रयोगका लागि परफेक्ट, स्टाइलिश देखिने र चलाउन सजिलो यी फोनहरूमा ६.६७ इन्चको ठुलो डिस्प्ले र १२० गिगाहर्जको रिफ्रेश रेट छ । यति कम मूल्यमा यस्तो डिस्प्ले पहिलो पटक आएको हो ।
स्मार्ट १०मा स्क्रोल, स्वाइप र गेम खेल्दा कुनै रोकावट छैन । दिनभर टिक्ने ब्याट्री पावर छ । १५ वाटको फास्ट चार्जिङ छ । स्मार्ट १० प्लसमा १८ वाटको फास्ट चार्जिङ छ ।
FACEBOOK COMMENTS