काठमाडौं, कार्तिक १९ -कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चार जनामध्ये तीन जना मजदुरको शव फेला परेको छ ।आइतबार दिउँसो सुरुङभित्र कामका लागि गएका ६ जना कामदारमध्ये २ जना भने बाहिर निस्किए पनि चार जना हराइरहेका थिए ।
सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट चार जना र दिपायलबाट पाँच जनाको विषेश टोलीसहित नौ जनाको उद्धार टोलीले सुरुङभित्र खोजतलास गर्दा तीन जनाको शव फेला पारेको हो ।
सुरुङभित्र पसेका चार जनामध्ये दैलेखको गुराँस गाउँपालिका ३ का ३२ वर्षीय महेन्द्र शाही, त्यही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका ६ का २८ वर्षीय महेन्द्र साउदको शव फेला परेको बझाङका प्रहरीले जनाएको छ ।
बझाङको बुंगल नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय शेरसिहँ धामी भने अझै बेपत्ता रहेको र उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS