काठमाडौं, कार्तिक १९- सामसुङ कम्पनीले ‘पावर अफ टेन’ नामक अफर बजारमा ल्याएको छ। सामसुङले आफ्नो स्मार्टफोन पहिलोपटक बजारमा ल्याएको १० वर्ष पूरा भएको अवसरमा यो अफर ल्याएको हो।
यस योजनाअन्तर्गत ग्यालेक्सी नोट टेन ,नोट टेन प्लस र एस टेनरएस टेन प्लस खरिद गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स ५१ प्रतिशत छुटसहित खरिद गर्न सक्नेछन्।
छुटपछि ग्यालेक्सी बड्स ६९ हजार ९ सय ९० मा खरिद गर्न सकिन्छ। यो योजना ३ नोभेम्बरदेखि १५ डिसेम्बर २०१९ सम्मको लागि लागू गरिएको छ।