काठमाडौं, चैत २४ –नेपाल स्टक एक्ससेञ्ज (नेप्से)ले साताको तेस्रो दिन मङ्गलवार समेत नयाँ रेकर्ड कायम गरेको छ। आजको कारोबारबाट नेप्से हालसम्म कै सर्वाधिक उच्च २ हजार ६ सय ७४ अङ्कमा पुगेको हो। अघिल्लो दिन भन्दा १५.७२ अङ्कले नेप्से बढेको हो।
आज ७ अर्व ४० करोड भन्दा माथिको कारोबार हुँदा नेप्सेमा सूचीकृत १०३ वटा कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन । त्यसै गरी ६० वटा कम्पनीका लगानीकर्ताले भने उत्साहप्रद बजारमा समेत निराश बन्नु परेको छ। १७ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन।
FACEBOOK COMMENTS