काठमाडौं– हिमालयन र नबिल बैंकले निक्षेपको ब्याज एकै पटक ३ प्रतिशतले बढाएर १३ प्रतिशत पुर्याइसकेका छन्।
बैंकर्स संघले तीन साताअघि पुरानो सहमति खारेज गर्दै ब्यक्तिगत निक्षेपको ब्याज तोक्न बैंकहरुलाई खुला गरिदिएपछि बैंकहरुले प्रतिस्पर्धा सुरु गरेका थिए।
तर अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरञ्जिबी नेपालले ब्याज बढाउनु गलत भएको बताउदै आएका छन् ।
विगतमा ब्याज धेरै बढाएको आरोप खेप्ने गरेको एनआइसी एसिया भने यसपाली चुपचाप देखिएको छ। एनआइसीलगायत धेरै बैंकले ब्याज बढाएका छैनन्।
FACEBOOK COMMENTS